दफा १४
उपचारको व्यवस्था
(१) पदाधिकारी र सदस्यलाई उपचारको निमित्त संघीय संसदको सचिवालयमा वरिष्ठ चिकित्सकको निशुल्क सेवा उपलब्ध गराइनेछ ।
(२) अस्पतालमा उपचार गर्नु पर्ने भनी उपदफा (१) बमोजिमको चिकित्सकले सिफारिस गरेको
पदाधिकारी वा सदस्यले अस्पतालमा उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च संघीय संसदको सचिवालयले व्यहोर्नेछ ।
तर आकस्मिक अवस्था परी अस्पतालमा भर्ना हुनु परेमा वा उपत्यका बाहिर रहेको अवस्थामा अस्पताल भर्ना हुनु परेमा त्यस्तो चिकित्सकको सिफारिस आवश्यक पर्ने छैन । त्यसरी अस्पताल भर्ना भएको कुरा संघीय संसदको सचिवालयलाई यथासम्भव छिटो माध्यमद्वारा जानकारी दिनु पर्नेछ ।